असार २७, ललितपुरको थसिखेलमा मंगलबार साँझ भएका सवारी दुर्घटनाबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा गएराती मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर बस्ने खोटाङकी ३८ वर्षीया सुनिता कार्की रहेकी छन् । उनको उपचारको क्रममा विएण्डवि अस्पतालमा राति २ बजे मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएकी स्कुटर पछाडि सवार उनकी १२ वर्षीया छोरी समृद्धी कार्कीको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ साढे ६ बजे कार्की आमा–छोरी सवार बा ७५ प ५६४७ नम्बरको स्कुटरलाई बा१ख ९२५४ नम्बरको बसले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.