असार २७, महोत्तरीमा पानी छोएको निहुँमा कुटपिट गर्ने दुई जनालाई सजाय सुनाएको छ । गत वैशाखमा सार्वजनिक धारामा पानी थाप्न जाँदा अमा र छोरीलाई कुटपिट गरिएको थियो ।
जिल्ला अदालतले बर्दिवास नगरपालिका ४ स्थित महोत्तरी जिल्लामा बुद्धमाया बिश्वकर्मा र उनकी छोरी मनिषामाथि कुटपिट गर्ने दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
जातिय भेदभाव गरी कुटपिट भएको ठहर गर्दै कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैदको फैसला सुनाएको छ । अदालतले पीडितलाई १० हजार जरिवानाको साथै पचास हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
Comments are closed.