Nepal's First Video FM

चारदोबाटो र सातदोबाटोमा भएका दुर्घटनामा दुईजनाको मृत्यु

441

माघ २४, भक्तपुर र ललितपुरमा भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोमा बुधबार बिहान साढे पाँच बजे मिनी ट्रकको ठक्करबाट पैदल यात्रीको ज्यान गएको हो ।

बा २ क ८००६ नम्बरको मिनी ट्रकको ठक्बरबाट दुईपोखरीका ६६ वर्षका पैदलयात्री जगतकुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल भक्तपुरमा ज्यान गएको हो ।

यस्तै ललितपुरको सातदोबााटोमा मंगलबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

गाडीको ठक्करबाट सादोबाटो बस्दै आएका सप्तरीको फत्तेपुरका सन्तोष चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.