Nepal's First Video FM

चर्चित गायक बद्री पंगेनीको सभापतित्वमा भब्य रुपमा सम्पन्न भयो दोहोरी प्रतियोगिता,कसले पायो प्रथम पुरस्कार?पढ्नुहोस

629

कमल सरगम-काठमाण्डौ।नेपाली लोक तथा दोहोरी क्षेत्रको बिकास र बिस्तारको लागि अनबरत लागिरहेको सस्था हो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल।केहि महिना अगाडी मात्रै सम्पन्न खुल्ला अन्तर लोक दोहोरी प्रतियोगिता सकिन नपाउदै फेरी अर्को उत्कृष्ट दोहोरी प्रतियोगिता सम्पन्न भएको छ।सास्कृतिक सस्थान नाचघर जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न लोक दोहोरी प्रतियोगिता २६ गतेबाट सुरु भएर २८ गते सम्पन्न भएको हो।लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रमेश बिजिको संयोजगत्वमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्वमा भने प्रतिष्ठानकै अध्यक्ष बद्री पंगेनी रहनु भएको थियो।

उक्त ३ दिने लगातार दोहोरी गीत प्रतिष्ठानमा देशभरका कलाकारले भाग लिएका थिए।सोहि क्रममा कडा प्रतिस्पर्धाको साथमा प्रथम उपाधि प्राप्त गर्ने नगरकोट दोहोरी साँझबाट डिला बिकको टिमका कलाकारहरुले जम्मा ७११ संगै दित्तीय उपाधि प्राप्त गर्ने गामवेशी दोहोरी साँझका अर्जुन खड्काको टिमका कलाकारहरुले ७०५ अङ्क उपाधि हातपार्न सफल भएका छन ।तृतीय उपाधि भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रोल्पा साखाले प्राप्त गर्न सफल भएको प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेश बिजीले जानकारी दिनुभयो।बिजेताहरुमा ,प्रथम हुने टिमलाई रु एक लाख दित्तीय हुने टिमले रु पचास हजार ,तृतीय हुने टिमले रु २५ हजार र चौथो टिमले रु १० हजार नगत पुरस्कार सहित प्रमाण पत्र र मेडल प्राप्त गरेका छन।

बरिष्ठ लोक दोहोरी गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको बीच समयमा चर्चित कलाकारहरुको पनि प्रस्तुति देख्न सकिएको थियो।उक्त कार्यक्रममा सस्थापक अध्यक्ष अमर बिरही गुरुङ,निबर्तमान अध्यक्ष चन्द्र शर्मा,नाचघरका बिभिन्न प्रतिनिधि,चर्चित गायक पशुपति शर्मा,चर्चित गायिका राधिका हमाल,चर्चित गायिका देवी घर्ती मगर,चर्चित गायिका पूर्णकला बिसी,गायक राजु ढकाल,गायक कुमार पुन,गायिका जमुना राना,गायक खुमन अधिकारी ,सर्जक शिब हमाल,संरक्षक पृथ्वी थकाली लगाएतको उपस्थित रहेको थियो।

रमेश बिजिले संचालन गरेको उक्त कार्यक्रम बास्तबमै दोहोरी इतिहासकै उत्कृष्ट कार्यक्रमको रुपमा हेर्न सकिन्छ।सजिसजावट महँगो खर्चमा तयार पारिएको स्टेजमा सिंगो दोहोरीलाई अटाएका बिजिले बास्तबमै फरक कार्यक्रम गरेर सबैलाई चकित त् बनाएनै बिना प्रायोजक कलाकारकै सपोर्टको भरमा उक्त ३ दिने भब्य कार्यक्रम सफल पार्न सके।पुरानो सैलिलाई परिमार्जित गर्दै बिजिले दिएकै टपिक्सको आधारलाई मध्यनजर गर्दै कलाकारलाई सभ्य रुपमा प्रस्तुत हुन् समेत रमेश बिजिले सिकाएका थिए।बिजी भन्छन “कार्यक्रमलाई निरन्तरता दिने छु,यो नाचघर संगको पहिलो सहकार्य हो निकै भब्य हुन सक्यो अबको बाँकी सहकार्य झन् उत्कृष्ट रहने छ”।बास्तबमा नाचघर जमलले अन्य संघ सस्थाको यस्ता बिभिन्न कार्यक्रमहरुलाई सम्पन्न गर्दै आइरहदा यो भने सस्थाकै लागि पनि पहिलो ऐतिहासिक कार्यक्रम बन्न सकेको छ बद्री पंगेनी नेत्रित्वको लोक तथा दोहोरी गीत प्रतिष्ठान संग सहकार्य गरि सास्कृतिक सस्थानले दोहोरीकै लागि भनेर अहिले सम्मकै उदाहरणीय कार्यक्रम गर्न सफल भएको हो।

You might also like

Comments are closed.