Nepal's First Video FM

अहिलेको प्रेमको लागी च्यालेन्ज चलचित्र बोबी : समिक्षा

949

काठमाडौँ । सुरक्षा भट्टराई (बोबी रियल स्टोरी रियल पात्र)

चलचित्र : बोबी

रिलिज मिती : असार २९

जनरा : रियल स्टोरी

कलाकार : कबिता गरुङ, उमेश थापा, क्यापटेन बिजय लामा

समय : 2.14

निर्देशक ,निर्माता : निर्माता मिलन चाम्स

बोबीको काहानी

निर्देशक मिलन चाम्स द्धारा निर्देशित चलचित्र बोबी काहानी कबिता र उमेशको छोरा बाट सुरु हुन्छ जो फुटबल खेलाडि हुन्छ र फुटबल गएर कबिताको काकाको फोटोमा गएर ठोकिन्छ अनि फोटो फ्रेम टुट्छ । तब एकदमै कबिता रिसाउछीन् अनी कहिलै नरिसाउने आमा रिसाएको देखेर छोरा अच्चम्म पर्छ अनि बाबुलाई पश्न गर्छ । अनि बाबुले छोरालाई स्टोरी बताए सँगै चलचित्रको सुरुबात हुन्छ ।

र रियल स्टोरीका पात्रहरु सँगै केहि कलाकार सँग यससगै स्टोरीमा आउछन् कबिता र उमेश यि दुबैको भेट हुन्छ प्रेम हुन्छ तर उमेश थापा हुन्छन् भने कबिता गुरुङ आफ्नो काका र जातको कारणले गर्दा उनि हरुको प्रेम डरमा बदलिन्छ र उनिहरु आफ्नो प्रेम सफल पार्न भागेर बिबाह बन्धनमा बाधिन्छन् ।

अब आउछ घर परिबारको कुरा र अन्तर जातिय बिबाहको कुरा जसले गर्दा रियल स्टोरीमा फिल्म बन्न पुगेको घर परिबारले बोलाउछ कि बोलाउदै धनि केटिले गरिबको घरमा गएर काम गर्ने सक्छ कि सक्दैन् र उनि हरु नर्बे कसरी पुग्छन् भन्ने बिसयमा बुझनको लागी भने चलचित्र हेर्ने नै पर्ने हुन्छ ।

बोबीको समिक्षा

कबिता र उमेशले आफ्नो रियल स्टोरी निर्देशक मिलन चाम्सलाई बताउनु र उत्त स्टोरिमा चलचित्र बन्नुमा निर्देशक र उत्त जोडिको घनीस्टता र चाम्स प्रतिको विश्वास झलकिन्छ र यहि विश्वासलाई चाम्सले बखुबी निभाएका छन् । छायाकार नबराज कृष्ण थापाले नर्बको दृश्यलाई मजाले खिचेका छन् उनको खिचाई तारिफ योग्य रहेको छ । साथै गीत सँगीत पनि मर्म स्पर्सी नै रहेका छन् । कलाकार कबिता र उमेशको अभिनयको कुरा गर्ने हो भने कहिल्लै पनि अभिनय नगरेका पात्रले अभिनय गरेको हुनाले एकदमै राम्रो अभिनय नभएता पनि झुर पनि छैन् कहि कतै लिपसिङमा गडबढ भयको छ ।

अभिनयकै कुरामा क्यापटेन बिजयलामा पनि काकाको भुमिकामा फिट देखिएका छन् तर उमेशको आमाको रोल गरेकी रश्मी भट्टको भने अभिनय अपत्यारिलो छ । उमेशका अनुसार उनको आर्थिक अबस्था एकदमै कमजोर थियो तर आमा बनेकी रश्मी हेर्दा भने कुनै पनि एन्गलबाट उनको कमजोर आर्थिक अबस्था झल्कीएको थिएन् । उनको अभिनयमा पनि कुनै सच्चाई थिएन किनकी उनको डाइलोग भन्दा रुदा उनी हासो को पात्र बनेकी थिईन् । एक त यो चलचित्र रियल स्टोरी बेशमा बनेको हो र आमा लाई अदि हेबि मेकप गर गहना र बोल्ने शैलीले गर्दा कलाकार रश्मी को अभिनय खल्लो भएको थियो ।

कथा पटकथाको कुरा गर्नेहो भने चलचित्रको कथामा धेरै काटछाट गरेको हुनाले केहि हद सम्म हुनु पर्ने कुराहरु छुटेको हो कि भन्ने लाग्न सक्छ किनकी चलचित्रमा कुनै सिनलाई पटक पटक दोहोराईएको छ एकै सिन लाई बार बार देखाउनु भन्दा त्यसको सट्टा अरु कुनै सिन अट्ने थियो कि भन्ने लाग्छ । चलचित्रको साउन्ड मिकसिङ ,कलर ,ब्यागराउन्ड म्युजिकले चलचित्रलाई अझ सबल भने बनाएको छ ।

चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सले चलचित्रका लागी दिल खोलेर मिहनत र लगानी गरेका छन् जुन काम चलचित्रमा देखिएको छ । निर्देशक चाम्सले अभिनयको केहि पनि नआउने ब्यती माथी बिश्बास गरेर चलचित्रका लागी तयार बनाउनु उनको सबै भन्दा ठुलो उपलब्धी हो । समग्रमा चलचित्र बोबीलाई हेर्दा लाग्छ प्रेममा भएकाहरुलाई कसरी प्रेम गर्ने प्रेममा त्याग र बिश्बास ले कस्तो भुमिका निर्वाह गर्छ भन्ने पक्षलाई जोड दिएको छ । त्यसैले चलचित्र बोबी अहिलेको प्रेमको लागी च्यालेन्ज रुपमा प्रस्तुत गरिएको छ ।

You might also like

Comments are closed.