Nepal's First Video FM

बिक्न छोडिन् हट नायिका सुस्मा कार्की ??

1,114


कुनै न कुनै फण्डा अपनाउँदै चर्चामा आउँने नायिका हुन सुस्मा कार्की । फिल्मी करियरमा आफनो फिल्म भन्दा पनि प्रेम सम्बन्ध र अन्य सेलिब्रेटीसंगको सम्बन्धको कारण चर्चामा आईरहेकी सुस्माको व्यस्तता पछिल्लो समय फिल्ममा भन्दा पनि विभिन्न कार्यक्रमहरुमा हुँदै आएका छन् । केही समय यता नायिका पुजा शर्मासंगको दुश्मनीको कारण मिडियामा छाईरहेकी सुस्मालाई यतिबेला मुख्य भुमिकामा फिल्म निकै गाह्रो परिरहेको छ ।

कुनै समय आसालाग्दी नायिकाको रुपमा हेरिने सुस्माले बढि चर्चाको लोभमा जस्तो पनि फिल्ममा काम गर्दा , फिल्ममा चाहिने भन्दा एक्सपोज हुँदा र उनको बिवादित प्रेमको कारण पनि दर्शकमाझ उनको छबी राम्रो बन्न सकेन । फलस्वरुप बिस्तारै उनको क्रेज पनि घट्दै गयो । केही म्युजिक भिडियोमा पनि काम गरेकी सुस्माको यतिबेला दुई फिल्महरु रिलिजको तयारीमा रहेको छ एक “रोमियो एण्ड मुना” र अर्काे “साली कसको भेनाको” ।

साउन ११ मा रिलिज हुन लागेको रोमियो एण्ड मुनामा सुस्मा छिन भन्ने कुरा कमैलाई थाहा छ किनकी केही समय अगाडी रिलिज भएको टे«लरमा उनी झुलुक्क देखिएकीछिन् भने अर्काे फिल्म भदौ २९ मा रिलिज हुँदैछ । यी दुबै फिल्मको टे«लरमा सुस्माको उपस्थिती निकै न्युन छ । त्यतीमात्र होईन यी फिल्महरुमा सुस्मा सहनायिकाको भुमिकामा छिन् ।

यसरी हेर्दा सुस्मालाई अब निर्माता निर्देशकहरुले के पत्याउँन छोडेका हुन ??? के अब सुस्माको अनुहार बिक्न छोडेको हो ?? भन्ने प्रश्नको जवाफ अब स्ंवयम सुस्माले पनि खोज्न जरुरी छ । पछिल्लो पटक उनी “चलेछ बतास सुस्तरी” फिल्ममा लिड रोलमा देखिएकी थिईन तर सुस्मालाई उक्त फिल्मले राहत भने दिन सकेको थिएन ।

You might also like

Comments are closed.