Nepal's First Video FM

सलमान नआएपछि ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ

826

असार २९, बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् ।

अध्यक्ष गुरुङलाई टिकटको पैसा फिर्ता नगरेको, साँझेदारसँग सल्लाह नगरी रकम दुरुपयोग गरेको लगायतका उजुरीका आधारमा लाजिम्पाटबाट पक्राउ गरिएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो । तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले ‘मे २६मा सलमान नेपाल आउने कम्फर्म छ’ भन्दै ढाँटेर टिकट बिक्री गरेका थिए ।

गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी २० हजार सम्मको टिकट विक्री गरेको बताइएको छ । ‘सिमान्त गुरुङको बिरुद्धमा ठगी गरेको जाहेरी परेको छ’ एसएसपी सिंहले भने, ‘ठगी मुद्दमा म्याद लिएर अनुसन्धान शुरु गर्छौ ।’सलमान नआएपछि ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ

You might also like

Comments are closed.