Nepal's First Video FM

भाद्र १५ गतेबाट रिलिज हुने चलचित्र मेरी मामुको टिमले दिए चितवनमा पुगेर रक्तदान

917

आफ्नो चौथो चलचित्र मेरी मामुको छायांङ्कनको शिलसिलामा आशुसेन प्रोडक्सन यतिबेला भरतपुरको सौराहामा पुगेको छ । चलचित्रको करिब ९५ प्रतिशत छायांङ्कन पुरा गरेको फिल्म युनिटले आज सौराहामा रक्तदान सिविरको आयोजना गरेको थियो । बर्षायाममा जताततै बाढि पहिरोको प्रकोपले सताईरहेको बेलामा रगत जस्तो अत्याबश्यक कुराको अभाव हुन नदिन फिल्म युनिटले सिविर नै संचालन गरेर रक्तदानको आयोजना गरेको चलचित्रका निर्माता सन्तोष सेनले बताए । हामि फिल्म युनिटका सदस्यहरुले मात्र पनि रगत दान गर्दा ब्लड बैंकमा केहि समयलाई पुग्ने रगत जम्मा हुने हुदा चलचित्र युनिट एउटा ब्यापारको माध्यम मात्र नभएर यहि समाजकै एउटा पाटो रहेको ले हामिले रक्तदान गरेका हौ निर्माता सेनले खुलाए । सिविरमा चलचित्रका निर्माता¸निर्देशक¸कलाकारहरु¸क्यामरा पर्सन लगायत सम्पुर्ण प्रोडक्सन टिमले रक्तदान गरेका थिए । टिमका करिब ३० जना सदस्यहरुले रक्तदान गरेको र आफुले जनहितको लागी पनि सक्दो काम गर्ने निर्माता सेनले जानकारी गराएका छन । निकै राम्रा राम्रा चलचित्र निर्माण गर्दै आएको आशुसेन फिल्मसको यो चौथो चलचित्र मेरी मामु यहि भाद्र १५ गते प्रदर्शन हुदैछ ।

You might also like

Comments are closed.