मघ २५ , नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता नहुने दिशामा अगाडी बढेको छ । पछिल्लो छलफल नकारात्मक बन्दै गएपछि दुई पार्टीबीच एकताको सम्भावना लगभग समाप्त भएको छ ।
एकताका लागि भन्दै आज अन्तिम छलफल हुने उच्च स्रोतले जनाएको छ । आजका लागि पार्टी एकता संयोजन समितिको बैठक बोलाईएको छ।
आजको बैठक नै अन्तिम हुने स्रोतको भनाई छ । पार्टी कार्यालय पेरिशडाँडा कोटेश्वर काठमाण्डौंमा पार्टी कार्यकर्तासँगै भएको छलफल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब पार्टी एकता नहुँने दिशामा अगाडि बनेको बताएको हो ।
छलफलमा सहभागी स्रोतका अनुसार लगभग पार्टी एकताको सम्भावना सकिएको छ । बैठकमा प्रचण्डले एमालेले आफूहरुलाई सबै शैद्धान्तिक विषय छोडेर आउन आग्रह गरेको सुनाएको थियो ।
एमाले अध्यक्ष ओलीले सह-अध्यक्ष पनि दिन नसकिने भयो भनेको कुरा प्रचण्डले कार्यकर्ताहरुलाई सुनाएको थियो ।
Comments are closed.