Nepal's First Video FM

चीनमा सलमानकाे ‘बजरंगी भाइजान’ प्रदर्शन हुने

728

माघ ९, बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘बजरंगी भाइजान’ चीनमा प्रदर्शन हुने भएको छ।

अमिर खान अभिनित फिल्म ‘दंगाल’ र ‘सेक्रेट सुपरस्टार’को सफलतापछि सलमान पनि उक्त फिल्ममार्फत चीनमा डेब्यू गर्ने भएका छन्।

‘सलमान खान चीनमा डेब्यू गर्दैछन्। इरोज इन्टरनेशनलले चाइना इ स्टारर्ससँग सहकार्य गर्दै मार्च २ मा ‘बजरंगी भाइजान’ प्रदर्शन गर्न लागेकाे हाे,’ व्यापार विश्लेषक तरान आदर्शले भने, ‘फिल्म चिनियाँ भाषामा डबिङ हुनेछ। फिल्म ८ हजारभन्दा बढी हलमा प्रदर्शन हुँदैछ।’

सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘बजरंगी भाइजान’ ले ग्रस ३०० करोड भारतीय रुपैयाँको कारोबार गरेकाे थियाे।

कबिर खान निर्देशित फिल्ममा सलमानबाहेक हर्षाली मलहोत्रा, नवाजुद्दिन सिद्दिकी र करिना कपुरको पनि मुख्य अभिनय रहेको छ।

यसअघि, चीनमा प्रदर्शन भएको बलिउड फिल्म ‘दंगाल’ ले १९६ मिलियन डलर कमाएको थियो। त्यस्तै, प्रदर्शनरत फिल्म ‘सेक्रेट सुपरस्टार’ ले एक हप्तामा नै २७ मिलियन डलर कमाएर चीनको बक्स अफिसमा कीर्तिमान बनाएको छ।

You might also like

Comments are closed.