असार ३१, चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता लेखेका छन् । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओली लगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका हुन् ।
प्रधानमन्त्री ओलीले चन्द्रागिरि पुगेर लेखेको कविता यस्तो छ :
परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आलि
सपनामा भएपनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्नती मुस्कुराएको देख्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा सङ्क्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्दै समृद्ध नेपालका लागि हरेकले कर्मीमौरी झैँ काम गरेर देश बनाउनुपर्नेमा जोड दिए । tvannapurna
Comments are closed.