Nepal's First Video FM

ट्रफी सुरक्षाका साथ रुस पुर्याइयो, यसरी हुँदैछ २१औं विश्वकप फुटबलको समापन ! पढ्नुहोस

569

असार ३१, रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबलको समापन आज हुँदैछ । बेलुका पौने ९ बजे हुने फाइनल खेलमा फ्रान्स र क्रोएसिया बीचको प्रतिस्पर्धा हुँदैछ ।

लुझनिकी स्टेडियममा फ्रान्स र क्रोएसिया उपाधिको अन्तिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रनु ३० मिनेटअघि सांगीतिक कार्यक्रम सुरु हुनेछ । यसअघि गत जुन १४ मा भएको विश्वकपको उद्घाटन समारोह मात्र ३० मिनेटको गरिएको थियो । समापन समारोह पनि ३० मिनेट सम्मको हुनेछ ।

उद्घाटनमा जस्तै समापन समारोहमा पनि नायक तथा र्यापर विल स्मिथ, अमेरिकन गायक निक्की जाम र कोसोभियन गायिका इरा इस्टेरिफीले सांगीतिक प्रस्तुति दिनेछन् । उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाउनेछन् ।

सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाएका रक्षक एवं कप्तान फिलिप ल्हाम विश्वकपको ट्रफीसहित मैदानमा प्रवेश गर्नेछन् । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिनेछिन् ।

विश्वकप ट्रफीलाई विशेष सुरक्षाका साथ रुस र्पुयाइएको हो । ल्हाम र भोदियानोभाले ट्रफी सार्वजनिक गरेपछि रुस विश्वकपको अन्तिम अर्थात् फाइनल खेल शुरु हुनेछ ।

फाइनल खेलपश्चात् मेडल र ट्रफी वितरण समारोह हुनेछ । त्यससँगै २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न हुनेछ । यसको चार वर्षपछि सन् २०२२ मा कतारले २२औं संस्करण आयोजना गर्नेछ ।

radionrn

You might also like

Comments are closed.