Nepal's First Video FM

हारपछि भावुक हुँदै क्रोएसियाली राष्ट्रपतिले टीम कप्तानलाई अँगालो हालेर यसरी सम्झाइन (फोटोफिचर)

561

असर ३२, एजेन्सी । फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् ।

आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई गोलअन्तरले हारेको थियो । रसियाको राजधानीस्थित लुज्निकी स्टेडियममा राष्ट्रपति ग्राबर विभिन्न विशिष्ट व्यक्तिसँग विश्वकपको अन्तिम खेलमा सरिक थिइन् ।

उनीसँगै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों थिए । क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । उत्कृष्ट प्रर्दशनका कारण टीमले संसारको ध्यान आकृष्ट गर्नुका साथै वाहवाहीसमेत पनि बटुलिरहेको छ ।

खेलको अन्त्यमा टीमका कप्तान मोड्रिचलाई गोल्डन बल प्रदान गरिएको छ । क्रोएशिया फाइनलमा पुगेपछि राष्ट्रपति कोलिन्डाले गरिन् डान्स, खेल हेर्न इकोनोमी क्लासमा यात्रा गरिन् ।

राष्ट्रपति ग्राबर भीआईपी सेक्सनमा खेल अवधिभरी पुटिन र म्याक्रोसँगै बसिन् । खेलमा हार व्यवहोरेपछि निकै भावुक भएकी उनले अन्तिममा मोड्रिचलाई अँगालो हालेर निकै प्रेमपूर्वक सम्झाइन् । यसअघि, राष्ट्रपति ग्राबरलाई रुस भर्सेस क्रोएशियाको क्वार्टर फाइनल खेलमा देखिएको थियो ।

उक्त म्याचमा क्रोएशियाले पहिलो गोल हानेपछि उनी अत्यधिक खुसी भएर रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवको अघिल्तिर नाचेकी थिइन् । उनी क्रोएशियालीे झण्डाको रङको स्टाइलिस पहिरनका कारण पनि चर्चित भएकी थिइन् ।

You might also like

Comments are closed.