माघ २४ , राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ भने वाम गठबन्धनलाई पछ्याउदै एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको छ। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् ।
प्रदेश १ – प्रदेश १ मा एमालेका खेमराज नेपाली, अगमप्रसाद बान्तवा राई निर्वाचित भएका छन् । प्रदेश १ बाटै एमालेका परशुराम मेघी गुरुङ, हरिचरण रायमाझी, नैनकला ओझा, कांग्रेसका रमेशजंग रायमाझी, सरिता प्रसार्इं, माओवादी केन्द्रकी बीना पोखरेल निर्विरोध भएका थिए ।
प्रदेश २ – एमालेका सुमनराज प्याकुरेल, कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, माओवादी केन्द्रका शशिकला दाहाल, संघीय समाजवादी फोरम नेपालका प्रमिलाकुमारी, रामप्रित पासवान, राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र रामप्रसाद यादव निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेश ३ – दलिततर्फ एमालेका सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकबाट एमालेकै रामचन्द्र राई निर्वाचित भए । महिलातर्फ एमालेकी उदया शर्मा पौड्याल, दिलकुमारी थापा र कांग्रेसबाट धनकुमारी खतिवडा विजयी भएकी छन् । त्यस्तै, खुलातर्फ एमालेका बलरामप्रसाद बास्कोटा, कांग्रेसका राधेश्याम अधिकारी र माओवादी केन्द्रका रामबहादुर थापा विजयी भएका छन्।
प्रदेश ४ – एमालेबाट गणेश तिमिल्सेना, शान्ति अधिकारी र दीपा गुरुङ विजयी भएका छन् । कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले र प्रकाश पन्थ विजयी भएका छन् । पन्थ निर्विरोध भएका हुन् । त्यस्तै, माओवादीबाट दीनानाथ शर्मा, खिमकुमार विक निर्वाचित भएका छन्।
प्रदेश ५ – एमालेका खिमलाल भट्टराई, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, माओवादीबाट चन्द्रबहादुर खड्का निर्वाचित भएका छन् । त्यस्तै, दलितबाट एमालेका रामलखन चमार र अल्पसंख्यकबाट माओवादीका राजकुमार कुँवर निर्वाचित भएका छन् । प्रदेश ५ मा एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन्।
प्रदेश ६ – माओवादी केन्द्रबाट जीवन बुढा र युटोल तामाङ विजयी भए भने एमालेबाट नरपति लुवार, कविता बोगटी र नन्दा शर्मा चपार्इं विजयी भएका छन् । तीन पदको मतगणना जारी रहेको छ।
प्रदेश ७ – एमालेका चक्रप्रसाद सुवेदी र माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन् भने एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी ओली, कांग्रेसका बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट, माओवादीका हरिराम चौधरी निर्विरोध भएका छन् ।
Comments are closed.