Nepal's First Video FM

उदयपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

445

असार ३२, जन्ती बोकेको बस उदयपुरको त्रियुगा नगरपालिका-६ मा आइतबार राति दुर्घटना एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भारतको फारबिस गञ्जबाट जन्ती लिएर आएको बिआ ११ ज ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतीय नागरिक ३२ वर्षीय मनोज दासको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा आइतबार राति नै मृत्यु भएको हो । दुर्घटना पश्चात् फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.