असार ३२, रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।
फ्रान्सले हिजो भएको फाइनलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दै दोस्रो पटक उपाधि जित्न सफल भयो । विभिन्न छनोट पार गर्दै विश्वकपमा छनोट भएका सवै राष्ट्रले पुरस्कार रकम पाएका छन् । ४३ अर्ब रुपैयाँ (४० करोड अमेरिकी डलर) पुरस्कारको रुपमा बाडिएको छ ।
तेस्रो हुने बेल्जियमले २ करोड ४० लाख डलर ( २ अर्ब ९८ करोड रुपैयाँ) हात पार्यो । दोस्रो भएको क्रोएसियाले २ करोड ८० लाख डलर (३ अर्ब २ करोड रुपैयाँ) मा चित्त बुझायो। विश्वकप विजेता फ्रान्सले ३ करोड ८० लाख डलर (४ अर्ब १० करोड रुपैयाँ) जित्न सफल भयो ।
फाइनल हारे तर, गोल्डेन बल जिते
क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् । शनिबार भएको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको थियो । तर, मोडरिक उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
उनले गोल्डेन बल जिते । इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले ६ गोल गरे । यस्तै गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।
Comments are closed.