Nepal's First Video FM

कांग्रेसद्धारा संसद बैठक अबरुद्ध, राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति आपत्ति !

872

असार ३२, सरकारले संसदमा पेश गर्न लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै प्रतिपक्षी कांग्रेसले सोमबारको प्रतिनिधि सभा बैठक अबरुद्ध गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शुरुमै समय लिएर नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले अनसनरत डा. गोविन्द केसीको मागको उपेक्षा गरेको आरोप लगाए । उनले सरकारका कार्यशैली अधिनयकवाद र सर्वसत्तावादी सोचका साथ अगाडी बढेको भन्दै आपत्ति जनाए ।

सांसद विश्वकर्मा बोलेपछि लगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरे । सभामुख कृष्णबहादुर महराले गोविन्द केसीको मागको बिषयमा सरकारको ध्यानाकर्षण गराएपनि कांग्रेसले विरोध जारी राखेको छ ।

सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे । सभामुख महराले केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएको छ । बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची छ ।

You might also like

Comments are closed.