Nepal's First Video FM

सरकारविरुद्ध धर्ना बसेका कृष्ण पहाडीसहित २५ जना समातिए

407

असार ३२, सरकार विरुद्ध आन्दोलनरत २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले पछिल्लो समय नागरिक स्वतन्त्रताको विपरित हुने गरी निर्णय गरेको र स्वेच्छाचारी गतिविधि गरेको भन्दै धर्नामा बसेका कृष्ण पहाडीसहित २५ जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको आन्दोलनका क्रममा आज संसद भवन बाहिर धर्ना प्रदर्शन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले धर्ना लगायतका बिरोध प्रदर्शनका कार्यक्रम गरिरहेको छ ।

भोली देखि काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानहरुमा निरन्तर नागरिक सभा आयोजना गर्ने मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष डा गंगाधर अधिकारीले जानकारी दिनुभयो ।

You might also like

Comments are closed.