माघ २५ , राष्टियसभा निर्वाचनको परिणाम बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लागेका छन् । प्रधानमन्त्री राजीनामा दिने तयारीमा लागेको विषयलाई आजका केही पत्रपत्रिकाहरुले लेखेका छन् ।
आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको समाचार आजको पत्रपत्रिकामा खबर रहेको छ भने प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको जानकारी प्राप्त भएको छ ।
Next Post
You might also like
Comments are closed.