लोकप्रिय गायिका कोमल वली र गायक तथा सर्जक पशुपति शर्माको आवाजमा निकै सन्देश मुलक तिज गीत ‘माननीय ज्यू’ बोलको गीत सार्वजनिक भएको छ । एउटा असल नेता र घुष खुवाउन खोज्ने विचको उत्कृष्ट भावलाई गीतले उठाएको छ ।
उक्त सार्वजनिक गित यतिबेला युट्युबको ट्रेन्डिङमा समेत आइसकेको छ । प्रदेश नम्बर ५ बाट निर्वाचित संसद वलीले यसपटक ‘माननीय ज्यु’ बोलको तिज गित ल्याएका हुन् । यो भन्दा अगाडिको तीजमा ‘पोइला जन पाम’, ‘यो त लास्टै चोटी हो’ जस्ता गीतहरु गाईसकेका छन् भने यसपटक आफ्नै पेशा अनुसारको तिज तिज कोसेली लिएर आएका छन् ।
गीतलाई कोमल वली र पशुपति शर्माले गाएका छन् भने अभिनय पनि आफैले गरेका छन्। पशुपतिको आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतमा पशुपति विभिन्न भूमिकामा देखिएका छन् । हेर्नुस् भिडियो;
Comments are closed.