यी हुन् भाग्यमानी पप गायक सुनिल कटुवाल जसले अस्ट्रेलियामा रहेर पनि चुमे दोस्रो ओएस नेपाल म्यूजिक अवार्ड
काठमाडौं,नेपाली गित संगितको संरक्षण तथा समर्बधनका लागि यसै क्षेत्रमा लागि परेका युवा सुनिल कटुवालले यस वर्षको दोस्रो ओएस नेपाल म्यूजिक अवार्ड “कपुरी क”बाट आफुसंगैका प्रतिस्पर्धि राजु श्रेष्ठ”उल्का पानि”चक्र वाम”डिजे वाला”,सुरज मान्धर”तिमि मनमा ए …”,राकेश राई “तिमीलाई मलाई”,प्राराज पौडेल”कहिले तिम्रो आखामा”गीतलाई पछार्दै सर्वोउत्कृष्ट पप गायक नवप्रतिभा विधाको अवार्ड हात पारेका हुन् ।
केही बर्ष यता देखि नै नेपाली संगित जगतमा अटाएका गायक सुनिल कटुवाल दोस्रो ओएस नेपाल म्यूजिक अवार्डमा पुरुष गायन तर्फ टप ५ मा छनौट भएका थिए । नेपालि संगीतका लागि एउटा सफल गायकको रुपमा लिन सकिन्छ ।
महोत्तरी बर्दिबास(खयरमारा) घर भएका पप तथा आधुनिक गायक सुनिल बिगत २०६० सालमा पहिलो स्टेज कार्यक्रम पाएका सुनललाई त्येही कार्यक्रम नै बन्यौ गित संगितमा निरन्तर लागिरहने वातावरण जसमा साथीहरूको पनि आघात माया पाए । यो गीतले गत सालको हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड पनि हात पारेको थियो ।
त्यस भन्दा पछि स्वदेशका ३० जिल्लामा आफ्नो प्रस्तुति दिईसकेका सुनिलले बिदेश बाहिर मलेसिया ,श्रलंका ,दुबई ,सिङ्गापुर, अस्ट्रेलियामा पनि स्टेज कार्यक्रम दिईसकेका छन । लगभग दुई दर्जन भन्दा बढी गितमा स्वर दिईसकेका छन जस मध्ये “कपुरी क” वहाँको सर्बाधिक चर्चित गित बन्यो जसले चम्कायो फेरि सुनिलको भाग्या ।
गित संगितको विषयमा सुनिल भन्नू हुन्छ –“म एउटा गित संगितको चेला हु सिक्दै छु अझै पुर्ण भने म छैन तर मेरो नशा-नशामा गित संगित बगेको छ । मलाई आशा छ हजुरहरुको माया हौसलाले म अघि बढिरहने मौका पाएको छु । मैले अहिले जति पनि गित गाएको छु आधुनिक र लोक पप गाएको छु तर म आगामी दिनमा भने सबै संस्कारका गितसंगितलाई स्थान दिनेछु । गित संगितले नै म समाज , देश बदल्न चाहान्छु कोशिस म गर्ने छु आम दर्शक श्रोतको खाचो छ मलाई । “मलाई आमा दर्शक श्रोताको खाचो छ जसलाई म सधै सम्झी रहनेछु । जसका कारण फेरी मैले यस वर्षको दोस्रो ओएस नेपाल म्यूजिक अवार्ड हात पार्न सफल भएको छु भन्दै अस्ट्रेलियाबाट सम्झीए दर्शक श्रोतालाई र ओएस नेपाल टिमलाई । पहिलो पटक ओ.एस म्युजिक अवार्ड पाउदा निकै खुशी रहेको र आझै आगामी दिनमा आफु संगीतमा ठुलो जिम्वेवारी थपिएको महसुस गरेको कुरा हामीलाई बताउनु भयो ।
बधाई अनि शुभकामना !!!!
हेर्नुहोस उक्त्त गीतको भिडियो :
Comments are closed.