साउन १, एजेन्सी । एक सय ५३ यात्रु बोकेर उडिरहेको एयर चाइनाको एक जेट बिमानभित्रै बिमानका सहचालकले चुरोट पिउन थालेपछि संसारको ध्यान केन्द्रित गरेका छन । उडिरहेको बिमान भित्रै ति सहचालकले ईलेक्ट्रिक चुरोट सल्काएका थिए ।
साउथ चाईनाले गराएको जानकारी अनुसार एयर चाईनाका एक अधिकारीले यो घटनाको बिषयलाई लिएर एक प्रेस बिज्ञप्ति जारी गरेका छन । उक्त जारी बिज्ञप्तिमा उल्लेख गरिए अनुुुसार यदि सहायक बिमान चालकले नियमको बिरुद्ध त्यो काम गरेको भए कम्पनीले उनलाई गम्भिर प्रकारको कारवाहि गरिने जनाईएको छ ।
पिपुल्स डेली कम्युनिष्ट पार्टि अफ चाईनाको आधिकारिक ट्वीटरमा जनाई अनुसार उडयन प्राधिकरणले आफ्नो प्रारम्भिक परिक्षणमा सहाएक पाइलटले चुरोट पिएको पाईएको जानकारी गराएको छ ।
उनले चुरोटमो धुहाँ रोक्नकालागि एयर कन्डिसनरको पनि प्रयोग गरेका थिए । उनले पिएको चुरोटको धुुहाँले ३५ हजार फिट माथि उडिरहेको बिमान अचानक २५ हजार फिट तल झरेको थियो ।
Comments are closed.