Nepal's First Video FM

सरकारले नियतवश डा. केसीको जीवनमाथि खेलवाड गरिरहेको देउवाको आरोप

903

साउन १, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको सिर्जना गरेको आरोप लगाएका हुन् ।

सरकार विवेकको बाटो नहिँडेको भन्दै देउवाले यसले गम्भीर दुर्घटना निम्त्याउने चेतावनी दिए । देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डा. केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जिएको छ ।

अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।”

आफू नेतृत्वको सरकारले चिकित्सा शिक्षामा सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको भन्दै देउवाले त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै अहिलेको जटिलताको विवेकसम्मत समाधाने भएको तर्क प्रस्तुत गरेका छन् ।

चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसँग वार्तामार्फत माग सम्वोधन गरी उनको जीवनरक्षाका अग्रसरता लिन पनि माग गरेका छन् ।

You might also like

Comments are closed.