Nepal's First Video FM

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन देशभर मनाइँदै

930

साउन १, हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति)का रुपमा मनाइँदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

नेपाल कृषि प्रधान देश । मानो खाई मुरी उब्जाउने समय असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ । हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिन लुतो समेत फाल्ने परम्परा छ ।

ग्रामिण क्षेत्रमा अझैं पनि लुतो फाल्ने गरेको पाइएपनि शहरी क्षेत्रमा भने यो प्रचलन बिस्तारै हराउन थालेको छ । कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फयाँक्ने चलन छ ।

यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान शुरु भएको छ । साउन महिनाभर शिवको पुजा आराधना गर्ने परम्परा छ । भक्तालुले विशेषगरी साउने सोमवार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् ।

पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, काभ्रेको धनेश्वर, लगायत देशभरका विभिन्न शिवालयमा आजबाट मेला शुरु भएको छ ।

You might also like

Comments are closed.