साउन १, निर्वाचन आयोगले मंगलबारदेखि ७७ वटै जिल्लामा नयाँ मतदाता नामावली दर्ता अभियान शुरु गरेको छ । मंगलबारदेखि सुरु भएको नयाँ मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन आयोगले आग्रह गरेको छ ।
स्थानीय तह र प्रदेश सभाका केही स्थानमा उपनिर्वाचन हुनसक्ने भएकाले यसअघि मतदाता नामावली नाम नभएका नागरिकहरूलाई नाम दर्ता गर्न आयोगले आग्रह गरेको हो ।
मतदाता नामावली दर्ता अभियानमा सहभागी हुन अपाङ्गता भएका नागरिकहरूसँग पनि आयोगले विशेष आग्रह गरेको छ । गत वर्ष भएका निर्वाचनको पर्यवेक्षण प्रतिवेदनमा ९३ प्रतिशत मतदान केन्द्रमा अपाङ्गता भएका मतदाताले पर्याप्त गोपनीयताका साथ मतदान गर्न सक्षम भएको उल्लेख छ ।
Comments are closed.