Nepal's First Video FM

फ्रान्सः विश्वकप विजेतालाई सर्वोच्च सम्मान, लिजन दि अनर’ प्रदान गर्ने

854

साउन १, फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेका आफ्ना खेलाडीहरूलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गर्ने भएको छ । राष्ट्रपति एमानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सम्मानित गर्ने घोषणा गरेको हो ।

मस्कोमा आइतवार राति सम्पन्न निकै रोमाञ्चक खेलमा फ्रान्सले क्रोएशियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो । २० वर्षपछि फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो ।

यसअघि उसले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो । फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन् ।

ट्रफीसहित स्वदेश फर्केको टोलीलाई स्वागत गर्न सोमवार प्यारिसस्थित विमानस्थलमा ठूलो संख्यामा प्रशंसकहरू जम्मा भएका थिए । देशका विभिन्न ठाउँमा फुटबल प्रशंसकहरूले रातभरि खुसियाली मनाएका थिए ।

त्यसक्रममा केही ठाउँमा झडप भएको विवरण आएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही शहरमा अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो ।

बिबिसीबाट साभार

You might also like

Comments are closed.