Nepal's First Video FM

भ्यालेन्टाइन डेको अवसर पारेर बिभिन्न अफर ल्यायो एनसेलले

564

माघ २४, एनसेलले भ्यालेन्टाइन डेको अवसर पारेर बिभिन्न अफर ल्याएको छ । भ्यालेन्टाइन डेको अवसरमा १५ दिनका लगि असिमित  डाटा प्याक तथा भ्वाइसको प्याकेज ल्याएको छ  ।

उक्त डाटा प्याक  बिहीबारदेखि शुरु हुने छ । प्याकेजमा प्रयोगकर्ताले असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याट गर्न सक्ने एनसेलले जानकारी दिएको छ ।

एनसेलका सबै ग्राहकले करसहित १५ रुपैयाँमा असिमित भ्वाइस प्याकलिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुराकानी गर्न सक्नेछन् ।  भिडियो च्याट गर्न ग्राहकले यस अफर अन्तर्गत कर सहित २० रुपैयाँमा एक घण्टाको डाटा प्याक लिइ भिडियो च्याट गर्न सक्नेछन् । यो डाटा प्याक सुरु भएको १ घण्टाको लागि मात्र मान्य हुनेछ ।  आवश्यकताअनुसार यो प्याक योजनाअवधिभर जति पटक पनि लिन सकिने जानकारी एनसेलले दिएको छ  ।

You might also like

Comments are closed.