गजल-१
कि वार गर्छु कि पार गर्छु
माखों मारेर म पनि त ब्यापार गर्छु
माखों मारेर तिमि मायामा यसरि डुबेकि रैछौ यार
म आउछु तिम्रो उद्दार गर्छु
माखों मारेर उ संग गरेको यो रातको नाटक
थियो तिमिलाइ मात्र प्यार गर्छु
माखों मारेर मेरो पनि अब मुद्दा चलाउदा हुन्छ
प्रिय तिम्रो दिलको भ्रष्टचार गर्छु
माखों मारेर सरकारबाट अब योजना ल्याएर मुटुमा
यो हाम्रो सबन्ध सुधार गर्छु माखों मारेर
गजल-२
मास्टर पनि बिदेश आए मच्छर मारेर
कस्ले पो जागिर पाए मच्छर मारेर
थाहा हुदैहुदैन सरकारलाइ राजधानिमा
अछाममा टुहुराले के खाए मच्छर मारेर
मजदुरले ज्याला पाउदैपाउदैन बिदेशमा
नेताले बसेरै भत्ता पचाए मच्छर मारेर
अरे गरिबलाइ खान गाउमा नुनै छैन यार
भ्रष्टले सुनै खाए सुनै लगाए मच्छर मारेर
म सिमानामा पर्खाल लगाउन हिडेपछि
मलाइ रोक्न तरबार उठाए मच्छर मारेर
कृष्ण साउद अछाम,
हाल मुम्बई,राजस्थान
Comments are closed.