माघ २५, एफए कपमा टोटेनहमले घरेलु मैदानमा न्यूपोर्ट काउन्टीलाई २-० ले पराजित गरेको छ । पहिलो लेग बराबरीमा सकिएपछि खेलिएको दोस्रो लेगमा टोटेनहमले प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो ।
२६ औं मिनेटमा ड्यान बटलरले क्रस क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा बल छिराएका थिए । लगत्तै ह्युङ् मिन सनको पासमा गोल गर्दै एरिक लामेलाले टोटेनहमलाई २-० को अग्रता दिलाएका थिए ।
त्यसपछि भने दुवै तर्फबाट गोल हुन सकेन । टोटेनहमले अर्को चरणमा रचडेलको सामना गर्नेछ ।
Comments are closed.