Nepal's First Video FM

केसी समर्थक र विद्यार्थीमाथि प्रहरीको लाठी चार्ज: सय भन्दा बढी घाइते, अस्पतालको अवस्था बिकराल !

785

साउन ३, अनसनरत प्राध्यापक डा. गोविन्द केसीलाई काठमाडौं लैजान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको प्रहरीले केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ । केसीको अनसनस्थलबाहिर प्रहरीलाई अवरोध गर्न धर्ना बसेका विद्यार्थीहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले लाठीचार्ज गरेपछि केसी समर्थक र प्रहरीबीच दोहोरो झडपका भएको छ । झडपका क्रममा एक सय भन्दा बढी विद्यार्थीहरू घाइते भएका छन् । झडपमा प्रहरीहरू पनि घाइते भएका छन् ।

झडपका क्रममा भवनभित्रका सिसाहरू फुटेका छन् भने स्वास्थ्य उपकरणहरू पनि फुटेका छन् । घाइतेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । विद्यार्थीहरूले प्रहरीलाई अझै अनसन कक्षभित्र छिर्न दिएका छैनन् । विस्तृत विवरण आउन बाँकी । Annapurnapost

You might also like

Comments are closed.