Nepal's First Video FM

जुम्ला झडपमा गोली लागेर घाइते भएका प्रहरीको मृत्यु, गृह मन्त्रालय भन्छ-‘गोली नै चलेको छैन’

754

साउन ३, जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेका प्रहरीको मृत्यु भएको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा विहान गोली चलेको थियो ।

डा. केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए । सोही क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्नुका साथै गोली समेत चलाएको थियो ।

गोली चल्दा एक प्रहरीलाई लागेको थियो । गोली लागेर घाइते भएका प्रहरीको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले पुष्टि गरेको छ ।
तर यता, प्रशासनले भने गोली चलेको घटनालाई गुपचुप बनाउने प्रयास गरेको छ ।

प्रहरीलाई गोली लागेको नभई कसैले सिसाले हानेको दाबी गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जुम्लामा गोली नै चलेको र प्रहरीमाथि सिसाले प्रहार भएको दाबी गर्नुभयो । radionrn

You might also like

Comments are closed.