Nepal's First Video FM

नेपाल र नामिविया आज भिड्ने

498

माघ २५ , आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले उद्घाटन खेलमा आयोजक नामिवियासँग आज प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नको लागि नामिविया पुगेको थियो । त्यतिबेला नेपालले क्यानडा र नामिवियालाई पराजित गरेको थियो भने केन्यासँग हार बेहोरेको थियो ।

प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स युएई, क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।नेपाली टोलीमा पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल उपकप्तान, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन् ।

You might also like

Comments are closed.