साउन ४, सोसल मिडियाको दुनियाँमा भ्रामक अर्थात झुटो समाचार विश्वभर नै चिन्ताको विषय बनेको छ । फेसबुक लगायत सोसल नेटवर्किङ साईटहरुले यस्ता समाचार फैलाएको आरोप संयुक्त राष्ट्रसंघीय मानव अधिकारकर्मीले लगाएका छन् ।
म्यानमारका रोहिंग्याविरुद्ध घृणा फैलाउनमा फेसबुकले सबैन्दा ठुलो भुमिका खेलेको आरोप उनीहरुको छ । वाट्सएपमा पनि यस्तै समस्या देखिएका छन् ।
सोसल मिडियाबाट प्रवाहित भएको झुटो समाचारको असर भारतीय प्रजातान्त्रिक राजनीति र दैनिक जीवनमा पनि देखा परेको आजको नयाँ पत्रिकामा यो खबर छ ।
Comments are closed.