Nepal's First Video FM

पुर्व सञ्चार मन्त्री सापकोटाले सार्वजनिक गरे गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’

676

साउन ४, नव गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीति चलचित्र सार्वजनिक भएको छ । गजलकारसमेत रहेका सिन्धुपाल्चोक कुञ्चोकका भारतीको गीति चलचित्र मेरो प्यारो सिन्धुपाल्चोकलाई पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नीप्रसाद सापकोटाले कोटेश्वरको सिटी टावरमा एक भव्य कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।

यसअघि देशभरका रेडियो स्टेशनबाट गीत सार्वजनिक गरिसकेका भारतीले भिडियोमा नयाँ प्रयोग गरेका छन् । उनले गीतलाई एउटा कथाको रुप दिई संवादसमेत भरे गीति चलचित्रको उपमा दिएका छन् । लिगेश भट्टराईको निर्देशनमा बनेको गीतमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राजोउपाध्याय, रिना थापा मगर, अर्जुन थापा, सुरज पराजुली, बिमल काफ्ले र संजीव ठकुरीको अभिनय रहेको छ ।

गीति चलmचित्रले समाज विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ । नयाँ शैलीको भिडियो भएकाले अहिले भारतीको गीति चलचित्रले युवाहरुको मन जितेको छ । अहिले बजारमा गित संगितमा युवाहरुको नयाँ सोच र प्रयोगले नेपालको विभिन्न क्षेत्रलाई नेपाली माझ र विदेशी माझ चिनाउन सहज भएको छ ।

गीति चलचित्रका नायकले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकलाई विश्वमा चिनाउन निकै संघर्ष गरेको कथा छ । परिवार, प्रेमिका र साथीहरुको सहयोग बिनै गीति चलचित्रका नायकले सफलता चुमेको कथालाई अहिलेका युवापुस्तले मन पराएको गायक भारतीले दाबी गरे । ‘कामप्रतिको लगाव, इमान्दारिताले मान्छेलाई सफल बनाउँछ भन्ने सन्देश प्रवाह गर्न खोजेको छु,’ भारतीले झुल्का अनलाइनसँग भने, ‘विचलित नभई आफ्नो लक्ष्यप्राप्तिमा पुग्न सकिन्छ भन्ने देखाइएको छ ।’

गीतमा सिन्धुपाल्चोकका पर्यटकीय क्षेत्रहरुको वर्णन गरिएको छ । ‘जुगल हिमाल शीर.. किन मान्छौ पीर, जान्छौ भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर’ जस्ता शब्द कुँद्दै भारतीले सिन्धुपाल्चोकका विभिन्न पर्यटकीय गाउँ घुम्न गीतमार्फत आग्रह समेत गरेका छन् । भारती आफैको शब्द रहेको गीति चलचित्रमा समावेश गीतमा जिल्लाका प्रमुख पर्यटकीय गाउँ हेलम्बु, आमा यांग्री, ओखरेनी, पाँचपोखरी, भैरवकुण्ड, दुगुनागढी, तातोपानी, बाह्रविसे,
मेलम्ची, भोटेचौरको सौन्दर्यकोसमेत बयान गरिएको छ ।

भारती र राजकुमार नेपालीले संगीत भरेको गीतमा लय तथा शब्द भने गायक भारतीकै छ । गीती चलचित्रको छायांकन भने सिन्धुपाल्चोक र काठमाडौंको विभिन्न स्थानमा गरिएको छ । सिन्धुपाल्चोक कुञ्चोकमा गायक भारतीको भिडियोमा सिन्धुपाल्चोकबाट प्रकाशन हुने पत्रपत्रिका, प्रशारण हुने रेडियो तथा अनलाइनलाई मिडिया सहयोगीका रुपमा देखाइएको छ । गजल सिर्जनामा अब्बल रहेका भारतीको गजलकृति अमृत प्रकाशन भइसकेको छ ।

 

You might also like

Comments are closed.