Nepal's First Video FM

गायक प्रकाश घर्ति मगरको लोक गीतमा आशा र अमृतको ‘चोखो माया’ (भिडियोसहित)

729

गायक प्रकाश घर्ति मगर र बहु-चर्चित गायिका मुना थापा मगरको सुमधुर आवाजमा सजिएको ‘हाम्रो चोखो माया’ बोलको गित म्युजिक नेपालको युत्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त सार्वजनिक गीतमा स्वयं गायक प्रकाश घर्ति मगरकै लय छ भने प्रेम रावतले शब्द लेखेका छन् । एउटा प्रेमी र प्रेमिकालाई हुने डर, भावलाई भिडियोमार्फत उतार्न खोजिएको उक्त गीतमा आशा खड्का र अमृत बुढाको जीवन्त अभिनय देख्न सकिन्छ ।

सन्तोष पौडेलको निर्देशन, प्रेम कुमार थारुको सम्पादन र अरुण कुमार सुनारले भिडियोको छायांकन गरेको छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.