साउन ४, जाजरकोटको जुनीचाँदे गाउँपालिका ६, छिर्कमा स्थानीय भक्तबहादुर बुढाको घर पहिरोले पुरिंदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् । पहिरोमा पुरिएर भक्तबहादुरकी श्रीमती ५५ वर्षीया लली बुढा र ९ वर्षीया नातिनी सिर्जनाको मृत्यु भएको हो ।
गएराती १ः३० बजे तिर घरमा सुतिरहेको बेला घर माथि बाट आएको पहिरोमा परेर घरमुली ६१ वर्षीय भक्तबहादुर, १३ वर्षीय नाती पारस र ७ वर्षीय नातिनी खीमा गम्भीर घाईते भएको स्थानीय मोतीलाल शाहीले बताए ।
घाइते हुनेमा भत्त बहादुर बुढा, नतिनि खिमा बुढा, नाति पारष बुढा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए । ईलाका प्रहरी कार्यालय गर्खाकोट र स्थानीय बासिन्दाले घाईतेहरुको उद्धार गरिरहेका छन् ।
घाईतेको उद्धार तथा उपचारको पहल भैरहेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । पहिरोको कारण छिर्क गाउँका ३ घर जोखिममा परेको उनले बताए ।
घटना स्थल जुम्लाको सिमानामा रहेकोले उद्धारमा केहि ढिलाई भएको प्रजिअ बस्नेतले बताए । पहिरोमा परी भक्तबहादुरका गाई, बाख्रा, कुखुरा लगायत मर्नुको साथै घरभित्र रहेको सबै सम्पत्ति नष्ट भएको उनले बताए ।
Comments are closed.