Nepal's First Video FM

मुग्लिन नारायणघाट सडकखण्डमा दुर्घटना

586

माघ २५ , मुग्लिन नारायणघाट सडकखण्ड अन्तर्गतको गाइघाट भन्ने स्थानमा दुर्घटना भएको छ। ट्रकसँग ठक्कर खाएर ट्यांकर त्रिशूलीमा नदिमा खसेको छ।

दुर्घटनामा परि ट्यांकरमा सवार दुई जनाको ज्यान गएको जानकारी प्राप्त भएको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन् ।

बा ४ ख ६९५३ नम्बरको ट्रक विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ४३१४ नम्बरको ट्रकसँग ठोक्किएर त्रिशूलीमा खसेको थियो। घटनाको जानकारी पाउने वित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुई जनाको शव फेला पारेको छ भने घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

You might also like

Comments are closed.