साउन ६, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६औं स्मृति दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई नेपाली काँग्रेसले हरेक वर्ष बीपी स्मृति दिवसका रुपमा मनाउँदै आएको छ ।
राणाशासन विरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रह्यो ।
डा. सूर्यमणि अधिकारीद्वारा लिखित नेपाली कांग्रेसको इतिहासमा बी.पी. कोइरालाको नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मूलन गरेको थियो । वि.सं. १९७१ भदौ २४ गते जन्मेका कोइरालाको वि.सं. २०३९ साउन ६ गते घाँटीको क्यान्सरका कारण निधन भएको थियो ।
वि.सं. २००७ सालको राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिर्वा्चित प्रधानमन्त्री भए । उनले आठ वर्षसम्म जेलजीवन र थप आठ वर्ष निर्वासनमा जीवन बिताएका थिए ।
नेपाली राजनीतिका साथै साहित्य लेखनमा क्रियाशील रहेका कोइरालाका तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी तथा बाबु, आमा र छोरा उपन्यास प्रकाशित भएका छन् ।
दोषी चश्मा र श्वेतभैरवी कथा सङ्ग्रह तथा उनको देहान्तपछि आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजल जस्ता कृति प्रकाशित भएका छन् । radionrn
Comments are closed.