साउन ६, नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार प्रजातन्त्र विरोधी भएको आरोप लगाएका छन् । ३६औं बिपी स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै पार्टी सभापति शेरबहादुर देउवाले सरकारले एक दलीय तानाशही व्यवस्था लाद्न लागेको बताए ।
‘कम्युनिष्टहरुलाई बिपीले चिन्नुभएको रहेछ । हामीले चिन्न सकेनौं ।’, उनले भने । शान्तिपूर्ण विरोध गर्न रोक्नु सर्वसत्तावादी व्यवस्था भएको उनको भनाइ थियो । सभापति देउवाले कम्युनिष्ट प्रजान्त्रतवादी हुनै नसक्ने दावी समेत गरे ।
उनले आफ्नो सरकारमा ल्याएको अध्यादेश जस्ताको त्यस्तै पारित हुनुपर्ने माग गरे । भ्रष्टाचार गर्नका लागि सम्वन्धन दिने गरि अध्यादेश तोडमोड गर्न लागिएको प्रति सभापति देउवाले आपत्ती जनाए । ‘गोविन्द केसीका माग जायज छन्। अध्यादेशकै अनुरुप नआए मानिदैन ।’, उनले भने ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरकंशुतातिर जाँदै गरेको आरोप लगाए । संविधानलाई बल पुग्ने काम सरकारबाट नभएको बताउँदै नेता पौडेलले भने, ‘यो दमनकारी सरकार टिक्दैन ।’
वर्तमान सरकार समाजवादी हुनै नसक्ने बताउँदै नेता पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारीप्रति ध्यान नदिएको बताए । १५ साउनको विरोध कार्यक्रम सरकारका लागि चेतावनी र सर्तक गराउन भएको उनले बताए ।
पार्टी महामन्त्री डा शशांक कोइरालाले दुबै शिर्ष नेताहरु एक हुन आग्रह गरे । पार्टी एक ढिक्का हुनैपर्ने बताउँदै कोइरालाले भने, ‘दुवै नेताले भनिदिनुस् पार्टी एक हुन हामीले के गर्नुपर्छ ?’ विपि कोइरालामा कुनै पनि समय निराशा नदेखिएको उनले स्मरणसमेत गरे ।
पार्टी कोषाध्यक्ष सितादेवी यादवले आन्दोलनको विकल्प नभएको बताइन् । नेपाली कांग्रेसले बाटो बिराएको प्रति चिन्ता व्यक्त गर्दै यादवले बिपीका विचार स्मरण गर्न नेता कार्यकर्तालाई सुझाइन् । radionrn
Comments are closed.