Nepal's First Video FM

नवराज सिलवाल विरुद्ध सरकार पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएको एमालेको निष्कर्ष

962

माघ ९, नेकपा एमालेले ललितपुर- १ का सांसद नवराज सिलवाल विरुद्ध सरकार पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएको ठहर गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलकालागि नेपाल प्रहरीले ‘डिफ्युजन’ नोटिस जारी गरेको समाचार प्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आजै सिलवालको खोजीका लागि नेपाल प्रहरीले इन्टपोलमा आबद्ध देशहरुका लागि डिफ्युजन नोटिस पठाएको समाचार सार्वजनिक भएको थियो। यद्यपी यो समाचार तयार पार्दासम्म सेतोपाटीले उक्त समाचार तटस्थ रुपमा पुष्टि गर्न सकेको छैन। नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानले ‘नोटिस’बारे जानकारी नभएको बताए।

‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलाप(डिफ्युजन नोटीस)ले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ’, एमालेको निर्णयमा भनिएको छ।

सर्वोच्च अदाललते आइजी नियुक्तीकालागि सिलवालले किर्ते गरेको संकेत गर्दै छानविन गर्न सरकारलाई आदेश दिएको थियो। अदालतको आेदशको आधारमा प्रहरीले हाल सिलवाललाई किर्ते मुद्दामा खोजी गरिरहेको छ। यद्यपी उनलाई प्रहरीले भेट्टाउन सकेको छैन।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.