Nepal's First Video FM

चर्चित कलाकारहरु मौलिक तीज गीतमा पहिलो पटक एक साथ् ,पूर्णकला- देवी घर्तिदेखि कस्तुप पन्त सम्म (भिडियो सहित)

999

कमल सरगम-काठमाण्डौ/नेपाली लोक संगीतका साधक सबैका मनका सर्जक कस्तुप पन्तको नया तीज कोशेली बजारमा आएको छ। गत बर्ष झुम्रे ज्वाइँ बजारमा ल्याएर मौलिक तीजको स्वाद चखाएका पन्तले यो बर्ष पनि दर्शकलाई खल्लो महसुस गर्न दिएनन।झुम्रे झुम्रे ज्वाइँ भाग २ “झुम्रे” मार्फत फेरी बजारमा आएका पन्तले आफ्नै युटुब च्यानल सारथि म्यूजिक प्रालि मार्फत गीत बजारमा ल्याएका हुन्।

कस्तुप पन्तको बिषयमा कुरा जोड्ने हो भने शंख्यात्मक भन्दा गुणात्मक सृजनालाई ध्यान दिने सर्जक भित्र पर्दछन।कलाकारकै मन जित्ने सर्जक भित्र पर्ने कस्तुपले गरेका अधिकांश सृजना समाज रुपान्तरण तिर देखिन्छ।तीजको गीत खासै नगर्ने पन्तले गत वर्षा देखि भने तीजका सृजनालाई जोड दिएका हुन्।यस बर्ष २ गीत लेखेका चेलि को आँसु र झुम्रे छोरो सुने पछि पनि झनै स्पस्ट हुन्छ कि उनि मौलिक सृजना र फरक सृजनाका धरोहर हुन् भनेर।

गीतमा आवाज भने बहुचर्चित गायिकाहरु देवी घर्ति मगर र पूर्णकला बिसी संगै चर्चित गायक तेजाश रेग्मी संगै सर्जक कस्तुप पन्तले आवाज दिएका छन। गीतको लय तथा शब्द सृजना भने कस्तुप पन्तकै रहेको छ प्रकाश भट्टले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा सविन बास्तोला,रमा थपलिया,सुनिता गौतम र असोक पौडेलको अभिनय रहेको छ ।
गितलाई सारथी म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको छ ।भिडियो हेर्नुहोस कस्तुपका यस बर्षको लागि दुवै सृजनाहरु:

You might also like

Comments are closed.