साउन ८, डाक्टर गोविन्द केसीको मागबारे धारणा बनाउन नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको बैठकले पछिल्लो राजनीतिक अवस्था र अनशनरत गोविन्द केसीको मागबारे धारणा बनाउने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ ।
नेकपाका नेताहरुको पछिल्लो अभिव्यक्तिले केसीको अनशनप्रति कडा बन्ने संकेत देखिएको छ । नेकपाका नेताहरुले विधेयक फिर्ता हुन नसक्ने बताउँदै आएका छन् ।
Comments are closed.