साउन ८, टिपरको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ । बनेपा, चारदोवाटोमा बा २ ख ३९३४ नम्बरको टिपरले बा ८ ३ प् ५०७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा खनालथोक ७ का ५७ बर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो ।
सांगाबाटा धुलिखेलतर्फ आउँदै गरेका तामाङ सवार मोटरसाईकलललाई पछाडीबाट आएको टिपरले ठक्कर दिएको थियो । घाईते तामाङलाई टिपरले ब्याक गरेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगत्तै आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका थिए ।
भकुन्डेवासीमा पनि स्थानीयले टायर बालेर केहीबेर वीपी राजमार्ग अवरुद्ध पारेका थिए । रातको समयमा टिपर सञ्चालन गर्न दिनु अझ जोखिमपुर्ण रहने सरोकारवालाहरुले बताएका छन् । रातिको समयमा तीव्र गतिले टिपर चल्ने भएकाले भयानक दुर्घटना हुनसक्नेतर्फ उनीहरुलाई सेचत पारेका हुन् ।
भक्तपुर ट्रक व्यवसायी संघले सोमबार गरेको ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सरोकारवालाहरुले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले राति मात्रै टिपर सञ्चालन गर्न दिने निर्णय गर्नु अझ खतरनाक रहेको बताए । radionrn
Comments are closed.