माघ २५, काठमाडौँ महानगरीय अपराध महाशाखाले आफ्नै साथीको हत्या गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ । गत माघ २३ गते मगर र खड्काबीच एकआपसमा विवाद भएपछि खड्काले चिरपटले हानेर हत्या गरी फरार भएका थिए ।
मुलपानी क्रिक्रेट मैदान नजिकै प्रेम खड्का भन्ने राजन कटवालले सिन्धुलीका सानु मगरको हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरु दुईबीच एक महिनादेखि चिनजान भई सँगै काम गर्ने गरेको प्रहरी महाशाखाले जनाएको छ ।
फरार खड्कालाई घटनाको भोलिपल्ट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बौद्ध पठाएको जनाएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.