साउन,९/व्यवसायी दुर्गा प्रसाईँकहाँ खाना खाएको विषयमा अत्यधिक चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसबारे मुख खोलेका छन्। उनले प्रतिपक्षी कांग्रेसले सरकारको आलोचना गर्न केही विषय नपाएपछि ‘मार्सीको विज्ञापन गरेको’ आरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिर्तामोडस्थित बि एन्ड सी अस्पतालक सञ्चालक दुर्गा प्रसाईँसँग एउटै टेबलमा बसेर खाना खाइरहेको एउटा फोटो केही महिनादेखि सोसल मिडियामा भाइरल भएको थियो। उक्त फोटो भाइरल भएपछि मुलधारका मिडियामा पनि त्यसबारे समाचार सामग्री तथा कार्टुनचित्रहरू प्रकाशित भएका थिए।
स्वास्थ्य शिक्षा सुधारका माग राखेर अनशन बसिरहेका प्राध्यापक डा. गोविन्द केसीका समर्थकले पनि खाना खाएको विषयलाई ‘मार्सी प्रकरण’ का रुपमा प्रचारको विषय बनाएका छन्। यही सन्दर्भमा प्रधानमन्त्रीको स्पष्टीकरण आएको हो।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयमा आयोजित प्रशिक्षणमा प्रधानमन्त्री ओलीले भने,‘प्रचण्डजी र म दुर्गा प्रसाईँकहाँ जानु, भात खानु गतल हो भने गतल हो भनौँ’, उनले भने, ‘खाना खाइसकेपछि फेसबुकमा राख्नु गतल हो भन्ने?’
आफू आडम्बरी नभएको चर्चा गर्दै प्रधानमन्त्रीले ‘जानु गतल हो, खानु गतल हो भने केही नभन्ने’ तर ‘घटनाको फोटो फेसबुकमा राखेकोमा विरोध गर्नु’ गलत भएको उनको भनाई छ।
प्रधानमन्त्रीले ‘इन्डिया गेट र लालकिल्ला खानेहरूले मार्सी खाएको’ भनेर विरोध गरिरहेको बताए। ‘मार्सी भनेको के के हो? इन्डिया गेट, लालकिल्ला खानेहरू कराएका हिँडेका छन्’, प्रधानमन्त्रीले भने, ‘त्यस्तो मसिनो चामल होइन, बास्मती खानेहरू कराएर हिँडेका छन्।’
प्रधानमन्त्री ओलीले भने- ‘मिठो पनि हुँदैन, कसैले मिठो मान्छ भने थाहा छैन।’ उनले विपक्षी कांग्रेस निरीह भएर मार्सी चामलको विज्ञापनमा हिँडिरहेको बताए।
कांग्रेसबारे तिखो आलोचना गर्दै प्रधानमन्त्रीले भने, ‘विपक्षसँग केही मुद्दा छैन, त्यसैले मार्सी चामलको विज्ञापनमा हिँडेको छ।’
गत फागुन ६ गते मेडिकल कलेज सञ्चालक प्रसार्इंको भक्तपुर सानोठिमीस्थित निवासमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली वार्ताका लागि पुगेका थिए। त्यही दिन वार्तापछि खाना खाएको फोटो सोसल मिडियामा भाइरल भएको थियो। अन्नपूर्णबाट
Comments are closed.