Nepal's First Video FM

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन गर्ने : नेता नेपाल

646

माघ २५, धनगढी । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन् ।

धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताए ।

उनले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताए । नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताए ।

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उनले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाए । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्र स्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.