Nepal's First Video FM

ग्रीसमा भीषण आगलागीले निम्त्याएको विनाश: ७४ जनाको मृत्यु, हराइरहेकाहरूको संख्या यकिन हुनसकेन

850

साउन ९, एजेन्सी । ग्रीसको राजधानी एथेन्स नजिकैको जङ्गलबाट फैलिएको डढेलोका कारण कम्तीमा ७४ जनाको ज्यान गएको छ भने हराइरहेकाहरूको संख्या यकिन हुनसकेको अधिकारीहरूले जनाएका छन् ।

ग्रीसका जङ्गलमा लागेको डढेलोबाट निस्केको धूँवा छिट्टै शहरी क्षेत्रमा पुग्यो । राजधानी एथेन्स नजिकैको जङ्गलबाट फैलिएको डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूले ठूलो संघर्ष गर्नुपरेको विवरण सार्वजनिक छन् ।

भीषण डढेलो नियन्त्रणका लागि हेलिकप्टरको समेत प्रयोग भइरहेको छ । डढेलोपछि प्रधानमन्त्री एलेक्सि सिप्रासले प्रभावित क्षेत्रमा आपत्‌कालीन अवस्थाको घोषणा गरेका छन् ।

ग्रीक सरकारले युरोपेली संघका अरू सदस्य राष्ट्रहरूलाई डढेलो नियन्त्रणका लागि सहयोगको अपील गरेको छ । राजधानी एथेन्स नजिकका गाउँहरू डढेलोको चपेटामा परेका छन् ।

उद्धारकर्मीहरूले डढेलोबाट ठूलो मात्रामा धनमालको क्षति भएको बताएका छन् । डढेलो फैलिएसँगै तापक्रममा वृद्धि भएपछि मानिसहरू सामु पानीमा डुबुल्की मार्नुको विकल्प रहेन ।
बीबीसीबाट साभार

You might also like

Comments are closed.