काठमाडौँ, आज सरकारले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने भएको छ।आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको बताईएको छ।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो ।सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ।
माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्ने निर्णय गरिएको थियो ।
Comments are closed.