Nepal's First Video FM

रमेशलाई भुकम्पले दिएको खुशि: ‘दुबै खुट्टा गुमेर के भयो ? अहिले दुनियाले चिनेको छ’ (भिडियो)

530

२०७२ साल वैशाख १२ गते शनिबार मध्यान्नको १२ बजे बालाजुस्थित आठतले गेष्ट हाउसमा त्यो दिनको कहालीलाग्दो गोरखा भूकम्पले रमेश खत्रीको दुई वटै खुट्टा लगे । त्यतिबेला लाग्थ्यो सबै लुटियो, अब म बर्बाद भए, अब मा केहि गर्न सक्दिन । भूकम्पमा दुवै खुट्टा घुमाएका दैलेखका रमेश खत्रीले भने ‘तर, त्यस्तो छैन । भूकम्पपछि मैले धेरै सफलता प्राप्त गरेको छु ।’

भर्खरै मात्र नेपालको प्रतिष्ठित टेलिभिजन डान्स रियालिटी शो ‘बुगीवुगी’मा रमेशको प्रस्तुति हेरेपछि थुप्रै मिडियाहरु र सारा नेपालीहरुले उनको प्रतिभाको प्रसंशा गरे । उक्त शो मा उनि अतिथि गेष्टको रुपमा बुगीवुगिले आफ्नो प्रस्तुति देखाउनको लागि स्टेज उपलब्ध गराएको थियो ।

२०७२ सालको भूकम्पपछि रमेशले आफ्नो दुई खुट्टा घुमाएपनि यति धेरै सम्मान प्राप्त गरेका छन् । आज रमेशलाई धेरैले चिन्छन । उनको यस्तो अतभुत कलाले सबैलाई ढङ्ग बनाउछ । हेर्नुस यो भिडियो;

You might also like

Comments are closed.