Nepal's First Video FM

रसुवामा पहिरोले प्रहरी पोष्ट पुरियो, १० जना वेपत्ता भएको आशंका !

416

साउन १०, रसुवा । गएरातिको अविरल वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ ।

पहिरोमा परी आठ–दश जना बेपत्ता भएको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । पौडेलका अनुसार बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने यकिन तथ्यांक भने आउन बाँकी रहेको छ ।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटना स्थलतर्फ गइसकेको बताइएको छ । यस्तै सो आसपासका घरमा पनि पहिरो खस्दा १२ जना घाइते भएको र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।

You might also like

Comments are closed.